विश्वको सर्वाधिक कोरोना भाइरस संक्रमित हुने देशको दोस्रो स्थानमा भारत रहेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित अमेरिकामा ६४ लाख व्यक्ति रहेका छन् । पछिल्लो २४ घन्टामा ९० हजार व्यक्ति संक्रमित भएसँगै भारत विश्वकै धेरै संक्रमित हुने राष्ट्रको दोस्रो स्थानमा छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म ४२ लाख ४ हजार ६ सय १४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । तेस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा ४१ लाख ४० हजार व्यक्ति संक्रमित छन् ।
कोरोना संक्रमित मात्र नभएर मृतक संख्यामा पनि भारत अगाडि छ । अहिलेसम्म भारतमा कोरोनाका कारण ७१ हजार ६ सय ४२ जनाले ज्यान गुमाएका छन् । सबै भन्दा बढी मर्नेकाे समूहमा भारत तेस्रो स्थानमा छ । भारतमा ७० हजारभन्दा बढीको ज्यान गएको छ । ब्राजिलमा कोरोना संक्रमितबाट १ लाख २६ हजारभन्दा बढी व्यक्तिको निधन भएको छ । अमेरिकामा कोरोनाबाट एक लाख ९३ हजारले ज्यान गुमाइसकेका छन् ।