काठमाण्डाै – हाल सम्म विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड ७७ लाख १५ हजार नाघेकाे छ । कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको छ । गएको २४ घण्टामा दुई लाख ३४ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ७७ लाख १५ हजार नाघेको हो ।सङ्क्रमितमध्ये एक करोड ९८ लाख दुई हजार भन्दा धेरै निको भएका छन् भने अहिले ७० लाख १२ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । अमेरिका, ब्राजिल, रसिया लगायतका देशमा दैनिक सङ्क्रमण र ज्यान जानेको संख्या घट्दै गए पनि भारतमा भने केही दिनदेखी उच्च संख्यामा बिरामी थपिएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्