बंगलादेशमा ७० प्रतिशतले जिते कोरोना

Image

बंगलादेशमा कोभिड-१९ संक्रमितमध्ये ६९.१९ प्रतिशत व्यक्ति संक्रमणमुक्त भएका छन् । त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कूल संक्रमितमध्ये १.३८ प्रतिशतको मृत्यु भएको छ । बंगलादेशमा विगत २४ घण्टामा सङ्क्रमित पुष्टि भएका कोभिड-१९ विरामीको सङ्ख्या एक हजार ८९२ रहेका छ भने ३६ जनाको मृत्यु भएको छ । यहाँ मङ्गलबारसम्म सङ्क्रमितको सङ्ख्या तीन लाख २९ हजार २५१ पुगेका छ भने चार हजार ५५२ जनाको मृत्यु भइसकेको छ ।

बङ्गलादेशमा कोरोना भाइरस संक्रमण भई निको भएका व्यक्तिको आधिकारिक सङ्ख्या दुई लाख २७ हजार ८०९ रहेको छ भने तीन हजार २३६ जना मङ्गलबारमात्रै निको भई घर फर्किएका छन् । बङ्गलादेशमा सबैभन्दा बढी सङ्क्रमित भएको दिन जुलाई २ हो । उक्त दिन चार हजार १९ जना एकै दिन सङ्क्रमित भएका थिए । त्यस्तै जुन ३० मा कोरोना भाइरसका कारण एकै दिनमा सबैभन्दा धेरै मृत्यु रेकर्ड भएको थियो ।  सिलापत्र 

प्रतिक्रिया जनाउनुहाेस्