बझाङका पाँच पालिकामा मिडियाको नाममा २० लाख बढी रकम अनियमितता

Image

सत्यराज सिंह :  बझाङका पाँच स्थानीय तहले सुचना प्रकाशन तथा मिडिया प्रचारप्रसारका नाममा २० लाख बढी रुपैयाँ खर्च गर्दा आर्थिक पारदर्शिता, प्रमाण र कानुनी प्रक्रिया नअपनाएको पाइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार, पाँच पालिकाले विभिन्न मिडिया तथा संचारसंस्थालाई अनियमित तरिकाले भुक्तानी दिएको उल्लेख छ ।

जयपृथ्वी नगरपालिकाले २०८१ असार २३ गते नगरका गतिविधिको प्रचारप्रसार तथा डकुमेन्ट्री निर्माणका लागि ‘दीक्षा मिडिया हाउस’लाई तीन लाख रुपैयाँ भुक्तानी दिएको थियो ।, डकुमेन्ट्री निर्माण गरी नबुझाएको भन्दै अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, थलारा गाउँपालिकाले सामाजिक परीक्षण शीर्षकमा ‘मिडिया विकास समूह’लाई तीन लाख १० हजार रुपैयाँ भुक्तानी दिएको छ । तर परीक्षणको प्रतिवेदन यथार्थपरक र खर्च पुष्टि गर्ने कागजात नै नभएकाले अनियमितता भएको देखाइएको छ ।

सुर्मा गाउँपालिकाले सूचना प्रकाशन शीर्षकमा तीन लाख ७५ हजार ७१० रुपैयाँ खर्च गरेको देखिएको छ । मूल्यांकनका क्रममा एउटै सूचना फरक मितिमा दोहोर्याएर प्रकाशित गरिएको, साइज र अक्षर ठूलो बनाइ सिसिको दर बढाइएको, एकै दिन एकै पत्रिकामा छाप्न सकिने सूचना विभिन्न मितिमा प्रभाव दैनिक र सौर्य आर्थिक दैनिकमा छापिएको देखिएको छ । महालेखाको प्रतिवेदनमा ३ लाख ७५ हजारभन्दा बढी अनियमितता भएको उल्लेख छ ।

उक्त रकम एक्सेस एडभरटाईजिङ प्रा.ली.ले ९४ हजार १ सय २९ रुपैयाँ, स्मार्ट क्रियटिभ मिडिया प्रा.ली., १ लाख २१ हजार २३ रुपैयाँ, ८० सिसिको ८० हजार ८ सय ८२ रुपैयाँ खप्तड मिडिया हाउसले, डिभाईन एण्ड एजेन्सी प्रा.ली.ले ७९ हजार ८ सय ७६ रुपैयाँ भुक्तानी लिएको छ ।

यसैगरी, बुंगल नगरपालिकाले सूचना प्रकाशन शीर्षकमा २ लाख ४० हजार ८ सय रुपैयाँ अनियमित गरेको उल्लेख छ । त्रिलक्ष्मी एडभरटाइजिङ नामक संस्थाले फरक फरक आर्थीक दैनिक र मध्यान्न दैनिक पत्रिकामा फरक मितिमा प्रकाशित दुई सूचनाका लागि अलग–अलग भुक्तानी लिएको देखिएको छ ।

जसमा २०८१ बैशाख १० गते त्रिलक्ष्मी एडभरटाईजिङले ६९ हजार ९ सय २४ रुपैयाँ र २०८१ बैशाख ३० गते त्रिलक्ष्मी एडभरटाईजिङले १ लाख ७० हजार ८ सय ७६ रुपैयाँ भुक्तानी लिएको छ ।

सबैभन्दा ठूलो खर्च खप्तडछान्ना गाउँपालिकामा देखिएको छ, जसले सूचना प्रकाशन शीर्षकमा १४ लाख ६७ हजार १ सय २४ रुपैयाँ खर्च गरेको छ ।

मूल्यांकन अनुसार ७ लाख ४८ हजार ७ सय ६६ रुपैयाँ बराबरको सूचना अनावश्यक रूपमा दोहोर्याइएको, ठूलो साइजमा प्रकाशित गरिएको वा फरक मितिमा सौर्य दैनिक र मध्यान्न दैनिक पत्रिकामा छापिएको पाइएको छ ।

जसमा सौर्य दैनिकको २०८० माघ ६ र ७ गते ११५ र ७० सिसिको प्रकाशित सुचनाको खप्तड मिडियाले २ लाख ३४ हजार १ सय ३६ रुपैयाँ भुक्तानी लिएको छ ।

यस्तै २०८० भदौ ११ र १९ गते १५५ र १५६ सिसिको सौर्य दैनिकमा प्रकाशित सुचनामा खप्तड मिडियाले ३ लाख ९३ हजार ६ सय ७ रुपैयाँ भुक्तानी लिएको छ ।

यस्तै मध्यान्न दैनिकमा २०८० भदौ १३ गते ९० सिसिको प्रकाशित सुचनामा परफेक्ट एडले १ लाख २१ हजार २३ रुपैयाँ भुक्तानी लिएको छ । उक्त रकम महालेखाले अनियमित ठहर गरेको छ ।

त्यस्तै, ‘नाफामूलक संस्थालाई अनुदान दिन नहुने’ कानुनी व्यवस्था हुँदाहुँदै पनि सिर्जनशील युवा समाज र तेस्रो आँखा साप्ताहिकलाई पालिकाले दुई–दुई लाख रुपैयाँ अनुदान दिएको उल्लेख छ ।

महालेखाको प्रतिवेदन अनुसार पाँचै पालिकामा प्रमाण, प्रक्रिया र पारदर्शिताको ख्याल नगरी मिडिया शीर्षकमा सार्वजनिक २० लाख ६५ हजार २ सय ७६ रुपैयाँ रकम दुरुपयोग गरिएको छ ।

कतिपय मिडियाले सूचना नै प्रकाशित नगरी भुक्तानी लिएका छन् भने, कतिले एकै सूचना दोहोर्याएर फरक मितिमा छापी खर्च बढाएका छन् ।

राष्ट्रिय मिडियामा छापिएको ठोस प्रमाण नदिई भुक्तानी लिने प्रचलन व्यापक रहेको र यसले सार्वजनिक स्रोतको दुरुपयोग झनै गम्भीर बनाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन