बझाङ – बझाङमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन । १८ बर्षिय किशाेरिलाइ जबर्जस्ती करणि गरेकाे आराेपमा छबिसपाथिभेरा गाउँपालिका-१ का २४ वर्षीय धर्मराज गिरीलाई शनिबार पक्राउ परेका हुन ।
गिरीले किशोरीलाई माघ १२ गते शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलिले उनलाई शनिबार राति नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले जानकारी दिनुभयाे ।
जाेशिका अनुसार आरोपित गिरीलाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । पिडित किशाेरि अत्तरियाबाट दिवा बसमा चढेर आएकी र काम विशेषले भाँडेबगरमा उत्रिएकी बुझिएकाे छ ।
साँझपख गाडी कुर्दै बसेकी ती किशोरीलाई माैका छाेपेर गिरीले बाइकमा पुर्याइदिन्छु भन्दै जालेबगर लगेर जबर्जस्तीकरणी गरेको आरोप पत्रमा उल्लेख छ।