केदारस्युँ गाउँपालिकामा सबल विश्व दृष्टिकोण सम्बन्धि ३ दिने तालिम सम्पन्न ।

Image

बझाङ – धार्मिक अगुवा र अपांगता भएका व्यक्तिहरूसँग सम्बन्धित “सबल विश्व दृष्टिकोण” विषयमा कार्यशाला गोष्ठी तथा ३ दिने तालिम सप्पन्न  भएको छ। ८ गतेबाट सञ्चालन भएकाे उक्त तालिम आज केदारस्युँ गाउँपालिकाकाे सभाहलमा सम्पन्न भएकाे हाे । उक्त कार्यक्रम दलित सहयोग समाज र राष्ट्रिय अन्तर धार्मिक संजाल नेपाल संस्थाको साझेदारीमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा आयाेजना गरिएको थियो।


तीन दिनसम्म चलेको यो तालिममा केदारस्युँ गाउँपालिका वडा नं. २, ३, ६, ७, र ८ का धार्मिक अगुवा तथा अपांगता भएका व्यक्तिहरू गरी जम्मा २७ जनाकाे उपस्थिती रहेकाे थियाे । सहभागीहरुमध्ये दलित सहयोग समाजका पाँच जना प्रतिनिधिहरू पनि थिए।उक्त तालिम केदारस्यु गाउँपालिकाको सभाहलमा संचालन गरिएको थियो, जसले धार्मिक अगुवाहरू र अपांगता भएका व्यक्तिहरूलाई सबल दृष्टिकोणसहित समावेशी समाज निर्माणमा प्रेरित गर्ने अपेक्षा गरिएको छ।
यस कार्यक्रमले केदारस्यु गाउँपालिकामा दिगो विकास र समृद्धिको मार्गनिर्देशन गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन