नातावादमा गाँजिएको उपनिर्वाचन ; क्षमता कि सानत्वना

Image
सम्पादकिय

बझाङ । उपनिर्वाचन आउन अब जम्मा ४ दिन बाँकी छन् । यहि बैशाख १५ गते बझाङमा प्रदेशसभा क्षेत्र नम्बर (१) १ र इलाम प्रतिनिधिसभा २ मा उपनिर्वाचन हुँदैछ । यति बेला राजनीतिक दलहरु आफ्नो भएभरको शक्ति उपनिर्वाचनमा केन्द्रीत गर्दा एकातिर संसदीय समिति र सदन बिजनेस बिहिन भएका छन् भने अर्कोतर्फ उपनिर्वाचनमा छोराहरूलाई नै टिकेट दिएको भन्दै पार्टीहरू भित्रै चरम असन्तुष्टी छ । इलाममा संविधान सभा अध्यक्ष सुवास नेम्वाङ पुत्र सुहाङलाई एमालेले टिकेट थमाईदिएको छ । उनि जोडबलका साथ मैदानमा छन् । उनीसँगै अन्य १८ जना चुनावी मैदानमा छन् ।

यता बझाङमा पनि तत्कालिन सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहका पुत्र अभिषेक सिंह टिकेट लिएर मैदानमा छन् । प्रदेशको उम्मेदवार अभिषेक यसअघि स्थानिय तहको निर्वाचनमा नै वडा अध्यक्षमा पराजित भएका थिए । नेकपा एमाले बाट पार्टीका जिल्ला अध्यक्ष दमन भन्डारी चुनावी मैदानमा छन् । बझाङमा नेपाली कांग्रेस र नेकपा एमाले बिच मुख्य प्रतिसपर्धा हुने अनुमान गरिएको छ ।   नातावादका कारण पनि पार्टी भित्रकै धेरै योग्य क्षमता भएका उम्मेदवार पछाडि परेका छन् । राजनीतिक क्षमता र योगदानभन्दा आफन्त तथा नातागोतालाई राजनीतिमा अगाडि बढाउनु नेपाली राजनीतिक संस्कारका लागि नौलो हैन । गत निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा पहुँचका भरमा टिकट हत्याएका थुप्रै पराजित भएका छन् भने केही अनपेक्षित पात्र उत्रिएका छन् ।

चितवन ३ बाट चुनाव लड्ने निधो गरी रातारात गोर्खा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल आफू जिते पनि बुहारी बिनाका लागि संसद यात्रामा पूर्णविराम लागेको छ । तर कान्छो ज्वाईं जीवन आचार्यलाई मतदाताले उतारिदिएका छन् । मोरङ क्षेत्र नं.–६ ‘क’ बाट प्रदेश सभा सदस्य निर्वाचित आचार्य छोरी गंगाका पति हुनुहुन्छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईलाई सांसद बनाउन माओवादी केन्द्रसँग गरिएको सौदाबाजी अन्ततः असफल भएको छ । काठमाडौं ७ का मतदाताले विरासतको राजनीति अस्वीकृत गरिदिएका छन् । दिवंगत एमाले नेता रविन्द्र अधिकारीकी अर्धाङगिनी विद्या भट्टराईलाई पोखरा क्षेत्र नम्बर २ का मतदाताले दोस्रोपल्ट सस्नेह संसद पु¥याएका छन् । यद्यपि विद्यार्थी जीवनमा विद्या सक्रिय राजनीतिमा हुनुहुन्थ्यो ।

नातावाद, कृपावादको सिलसिला यतिमै रोकिदैन । जारी छ । यी उम्मेदवारहरू क्षमाताले कि नातावादमा लिप्त भएर राजनीतिमा आए भन्ने कुरा देखिएला नै । खैर शुभकामना ! –सम्पादकिय

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन