भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार ५ सय १२ जना नयाँ संक्रमित भेटिए

भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार ५ सय १२ जना नयाँ संक्रमित भेटिएका छन । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिले सम्म मृत्यु हुनेको संख्या ६४ हजार ४ सय ६९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ का संक्रमितको कुल संख्या ३६ लाख २१ हजार २ सय ४६ पुगेको छ भने २७ लाख ७४ हजार ८ सय २ जना निको भएर घर फर्केका छन् ।

Loading...