चरेश सहित बझाङका एकजना कैलालीबाट पक्राउ

Image

बझाङ । लागु औषध चरेशसहित बझाङका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ३ किलो ५ सय ग्राम चरेश सहित बझाङको बुङ्गल नगरपालिका २ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामी बिहीवार राति पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट रमेशसिंह साउँदको कमाण्डमा खटिएको टोलीले कैलालीको गोदावरी नगरपालिका ४ गोदावरीबाट पक्राउ गरेको जनाएको छ।

धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट चरेश फेला पारी नियन्त्रणमा लिइएको छ। धामी र मोटरसाइकललाई नयन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन