बुंगल नगरपालिकामा पनि  मनाइयो अन्तर्राष्ट्रिय शान्ति दिवस

Image

बझाङ : बझाङमा शान्तिका लागि कार्य भन्ने मेल नाराका साथ आज ४२ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको  छ । जिल्लाको बुंगल नगरपालिका वडा नं ५ मा युनाइटेड मिसन टु नेपाल र दलित सहयोग समाजको साझेदारी तथा वडा नम्बर ५ को सहकार्यमा आज बिहीबार ४२ औं अन्तर्राष्ट्रिय शान्ती दिवस सम्पन्न भएको दलित सहयोग समाजका सामाजिक परिचालक नरेश  धामीले बताए ।

हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ  । सोही अवसरमा बुंगल नगरपालिकामा पनि कार्यक्रममा नारा जुलुस  गरि नजिकको बजार परिक्रमा गर्नुका साथै ,संदेश मुलक गीत ,डेउडा,र संस्कृतिक कार्यक्रम गरिएको थयो ।

कार्यक्रममा प्रमुख अतिथि वडा नं ५ का वडाअध्यक्ष निराजन कुँवर लगाए विभिन्न जनप्रतिनिधि कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय देउडा गाएक प्रख्यात धामी र उमेश नाथको समेत प्रस्तुति रहेको थियो ।
नेपालमा २०६५ सालदेखि दिवस मनाउन थालिएको हो ।

सरकारी निकायसँगै नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउँदै आएका मानवअधिकारवादी सङ्घसंस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन