इजिप्टमा १ महिनामा १ लाख २६ हजार पर्यटक भित्रिए

Image

काठमाण्डाै – इजिप्टमा एक महिनामा एक लाख २६ हजार पर्यटकले भ्रमण गरेका छन् । इजिप्टले गएकाे जुलाइको पहिलो हप्तामा अन्तर्राष्ट्रिय हवाइ उडान तथा विदेशी पर्यटकका लागि समुन्द्री तटहरु खुला गरेको थियो । तीन महिनाको लकडाउन खुलेपछि एक महिनामा एक लाख बढी पर्यटक आउनु सकारात्मक संकेत रहेको इजिप्ट सरकारले जनाएको छ ।

स्वास्थ्य र अर्थव्यवस्थाको आवश्यकता हेरेर सन्तुलन कायम गर्दै अघि बढेको इजिप्टका पर्यटन मन्त्री खालेद अल अननीले बताउनुभएको छ । इजिप्टमा झण्डै एक लाख कोरोना सङक्रमित रहेका छन् । त्यहाँ सङक्रमणकै कारण पाँच हजार भन्दा बढीले ज्यान गुमाएका छन् । इजिप्टको राजस्वको मुख्य स्रोत पर्यटन र विदेशी मुद्रा हो । त्यहाँ सन् २०१९ मा पर्यटन क्षेत्रबाट मात्रै झण्डै १३ अर्ब अमेरिकी डलर भित्रिएको थियो । उज्यालाे अनलाईन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन