हजुर बुवाको कुटाइबाट बैतडीमा एक नातीको मृत्यु, अर्का गम्भीर घाइते

बझाङ :- हजुर बुवाको कुटाइबाट बैतडीमा नातीको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका वडा नम्बर ६ मुडेलीधारका ५० बर्षीय गणेश साउँदको कुटाइबाट २ बर्षीय नाती रेशम साउँदको मृत्यु भएको हो । यस्तै ८ बर्षीय नाती रिजन साउँद गम्भीर घाइते भएका छन् ।

बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपीट गरेका थिए । बाजेको कुटपीटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयो ।

यस्तै अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रिजन र रेशमका बुवा कामको सिलसिलामा धनगढीमा रहेका थिए । नातीमाथि कुटपीट गर्ने गणेश साउँदलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिइसकेको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

साउँदले आफ्ना नातीहरुमाथि किन कुटपीट गरे भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ । तर गणेश साउँद मानसिक बिरामी रहेका पारिवारिक श्रोतले जनाएको छ ।

Bungal Purai
Bithadchir 2
Loading...