सेटिगाउँ क्याम्पसको स्ववियु सभापतिमा नेबिसंघबाट अम्बिका जोशी आयुषाको दावि

बैतडी । त्रिभुवन विश्वविद्यालयको स्वबियु निर्बाचनको मिति नजिकीएसँगै सेटि गाउँ बहुमुखी क्याम्पसमा पनि यसको सरगर्मी बढ्न थालेको छ । क्याम्पस सभापतिको लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेहरुको संख्या पनि कम छैन । क्याम्पसमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट स्वबियु सभापतिमा अम्बिका जोशी आयुषाले आफनो बलियो दावि रहेको बताएकी छिन् ।

साहित्य क्षेत्रमा कलम चलाएर विद्यार्थीका समस्या र समाधानका लागि प्रयत्नरत जोशीले दर्जनबढि पुरुस्कार समेत पाएको र एकमात्र उम्मेदवार जोशी रहेको विद्यार्थी नेताहरुले बताएका छन् । उनी विद्यार्थीबीच निकै नजिक रहेर विधार्थीका मागहरु सम्बोधन गराउन क्याम्पस प्रसाशनलाई सचेत गराईे बिद्यार्थीहरुको हक र हितका लागी सधै भरी अग्र पन्तिमा लाग्ने एक साहसी बिद्यार्थी नेतृ रहेको बताईन्छ ।

बैतडीको डिलासैनी गाउँपालिका वडा नं ७ निवासी जोशी बिगत २ बर्षदेखि नेबिसंघमा आवद्ध छिन् । निडर र हक्की स्वभावकि जोशी जिल्लाका सबै क्षेत्रमा नेता तथा कार्यकतामाझ नजिकबाट परिचित छन्। उनी अब क्याम्पस सभापतिको नेतृत्व गर्न चाहान्छिन् ।

जोशीले भन्नुयो, “नेविसंघ पार्टीका नेता उत्पादन गर्ने कारखाना हो । नेता उत्पादन हुने भएकाले आफ्नो प्रभावका राख्न खोज्ने र नेताको घेरा बनाउन खोज्ने अभ्यास हुँदै आएको छ । म यस समस्याको समाधान गर्न अधि आएकि हुं । ” जोशीले अन्य दावेदार साथिहरुलाई पनि आफुलाई सर्मथन गरेर अधि बढ्न पनि सुझाएकि छिन्

janahit ma jari sandesh
Masta R.M
Loading...