विश्व कप फुटबलमा आज मोरक्को र क्रोएसिया खेल्दै

37

काठमाण्डौ – कतारमा चलिरहेको फिफा विश्व कपको तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया खेल्दैछन् । खेल नेपाली समय अनुसार आज बेलुका पौने ९ बजे कतारको खालिफा स्टेडियममा सुरु हुनेछ । सेमिफाइनलमा मोरक्को फ्रान्ससँग २–० गोलले पराजित भएको थियो ।

यस्तै, क्रोएसिया अर्जेन्टिनासँग ३–० ले हारेको थियो । क्रोएसिया र मोरक्कोले समूह चरणमा गोलरहित बराबरी खेलेका थिए । विश्व कपको उपाधिको लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् ।

Loading...