अर्घाखाँचीमा श्रीमतीले कम्मरमा बाँधेको पटुकाले घाँटी कसेर गरिन श्रीमानको हत्या

Image

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन ।

जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी ५५ वर्षकी लक्ष्मी नेपालीले आफ्नो पति ७० वर्षीय बलबहादुर सार्कीको हत्या गरेकी हुन ।

शनिवार साँझ घरायसी झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई सामान्य कुटपिट गरेका थिए । रिसको झोकमा लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरीले बताएको छ ।

लक्ष्मीले बलबहादुरलाई पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुण्ड्याएर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको बताइएको छ । सार्की दम्पत्तिले झगडा गर्नुपूर्व मदिरा सेवन गरेका थिए ।

रक्सीको मातमा घटना भएको प्रहरीले अनुमान गरेको छ । लक्ष्मीलाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन