प्रतिनिधि सभामा बाजुराबाट काँग्रेसका बद्री पाण्डे विजयी

प्रतिनिधि सभामा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन्।
पाण्डे ३१ हजार ७ सय ८६ मत ल्याएर विजयी भएका हुन् ।

उनकानिकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् ।
उनीहररुबीचको मतान्तर ५ हजार ४ सय ३७ रहेको छ।

प्रदेश सभामा को भए विजयी

दुईवटा प्रतिनिधि सभा सदस्य क्षेत्र रहेको बाजुरामा प्रदेश (क) का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही बिजयी भएका छन । बाम लोकतान्त्रीक गठबन्धन बाट प्रदेश क को उम्मेदवार रहेका शाहीले  १० हजार ९ सय ७३   मत ल्याएर बिजयी भएका हुन ।

उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२  मत प्राप्त गरी पराजित भएका छन । त्यसै गरी बाम लोकतान्त्रीक गठबन्धनबाट मित्रवत प्रतिस्प्रधामा रहेका नेकपा माओबादी केन्द्रका उम्मेदवार कर्ण बहादुर विक (केशव) ले १ हजार ९८ मत प्राप्त गरेका छन ।

राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका शाहीलाई काँग्रेसले सर्मथन गरेको थियो ।

त्यस्तै प्रदेश (ख) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका पदम बहादुर शाही बिजयी भएका छन । बाम लोकतान्त्रीक गठबन्धन बाट प्रदेश (ख) का उम्मेदवार रहेका शाहीले २० हजार १ सय १९ मत ल्याएर बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५ सय २१ मत प्राप्त गरी पराजित भएका छन ।

 

गत मंसिर ४ गते भएको आम निर्वाचनका क्रममा भएको विवादका कारण ११ दिनसम्म मतगणना कार्य सुरू हुन सकेको थिएन।

निर्वाचन आयोगको टोलीले निर्वाचनका क्रममा भए गरेका घटनाबारे जाँचबुझ गरी प्रतिवेदन पेस गरेपछि मतगणना गर्न आयोगले निर्देशन दिएको थियो । बिहिबार बेलुकी मतगणना सुरु भएको थियो ।

 

Loading...