दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । भिरबाट लडेर व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
शुक्रवार दिउँसो घाँस–दाउरा काट्ने क्रममा भिरबाट लडेका डडालको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक इन्स्पेक्टर राजेश शाहीले जानकारी दिनुभयाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । रासस
प्रतिक्रिया जनाउनुहाेस्