बाजुरामा ३ बजेर ३० मिनेट बाट मतगणना शुरु हुने

Image

बाजुरा ; बाजुरामा ३ बजेर ३० मिनेट बाट मतगणना शुरु हुने भएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यलय बाजुराले बाेलाएकाे सर्वदलिय बैठकले ३ बजेर ३० मिनेट पछि बाट मतगणना गर्ने सहमति भएकाे बैठक सहभागि एक नेताले वताएका छन् ।निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निणर्य गरेको भए पनि बाजुरामा मतगणना अनिश्चत बनेको थियाे ।

आयोगको मतगणना निणर्य गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा  तेस्रेा पटक सर्वदलिय बैठक बाेलाएको थियाे । तेस्राे पटक नेकपा एमाले सहित सहभागि भएपछि मतगणना गर्ने सहमति भएकाे हाे ।नेकपा एमाले सहभागि  बुधवार बेलुका भएकाे बैठक स्थगित भएकाे थियाे । बिहिवार बिहान ७ बजे बैठक बसेपनि सहमतिका लागि दिउँसाे ११ बजे बैठक बाेलाएर सहमती भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाजुराले जनाएको छ ।

साभार बडिमालिका खबर 

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन