बाजुरामा मतगणना शुरु गर्न नेपाली कांग्रेसको माग

बाजुरा ;  नेपाली कांग्रेसले बाजुराको मतगणना शुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली आज मङ्गलवार निर्वाचन आयोग पुगेर बाजुराको मतगणना शुरु गर्न आग्रह गरेको हो ।

कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर मतगणना सुरु गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । चुनावको समय अवधिभर कुनै पनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले तुरुन्त मतगणना गर्नुपर्ने बताए ।

Bungal Purai
Bithadchir 2
Loading...