चीनको राजधानी बेइजिङमा अत्यधिक चिसो , सिरेटो चल्ने चेतावनीसहित सावधानी अपनाउन आग्रह

Image

एजेन्सी ; चीनको राजधानी बेइजिङमा चिसो बढ्दै गएको छ । त्यहाँको मौसम पूर्वानुमान महाशाखाले भोलि केही दिन चिसो अत्यधिक बढ्ने र शीतलहर चल्ने चेतावनी दिएको छ । महाशाखाले चिसो सिरेटो चल्ने चेतावनीसहित आवश्यक सावधानी अपनाउन नागरिकलाई सचेत गराएको छ । शीतलहरका कारण दैनिक अधिकतम तापक्रम १३ डिग्री सेल्सियसबाट घटेर माइनस तीन डिग्री सेल्सियससम्ममा झर्ने अनुमान छ ।

भोलि बुधवारसम्म तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने र चिसो सिरेटो चल्ने महाशाखाले जनाएको छ ।शीतलहरबाट नागरिकलाई जोगाउन कृषि, वन, यातायातलगायत सरकारी निकायले आवश्यक तयारी गरिरहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बेइजिङका बासिन्दालाई अतिआवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन र न्यानो रहन सल्लाह दिइएको छ । बेइजिङमा केहीदिनदेखि ‘शून्य कोभिड नीति’ विरुद्ध प्रदर्शन हुँदै आएको छ । यो प्रदर्शनका कारण जनजीवन अस्तव्यस्त बनेको छ । साथै चिसो र शीतलहरले अझ समस्या पार्ने अनुमान छ ।

अत्यधिक चिसो, भारी हिमपात र हिम आँधीका कारण सहरका सबै विद्यालय र विश्वविद्यालय बन्द गरेर अनलाइन कक्षा सुरु गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन