आजको मौसम कस्तो रहला ?

काठमाडौं । देशका उच्च पहाडी भू–भागमा सोमबार(आज) बिहान आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ ।

आज राति प्रदेश–१ र वाग्मती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुनेछ ।

तराई भू–भागमा हुस्सु/कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको छ । विभागले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेका छ ।

Bungal Purai
Bithadchir 2
Loading...