कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पैदलयात्री कैलालीको गोदावरी नगरपालिका–३, चौकीडाँडाका ३६ वर्षीय लवदेव भट्टको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
हिजो बेलुका करिब साढे ८ बजे नम्बर खुल्न नसकेको सवारीसाधनले भट्टललाई ठक्कर दिएको थियो । दुर्घटनापश्चात् सवारीसाधनसहित फरार चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।