बैतडीमा घरबाट दाउरा काट्न जान्छु भनी हिँडेकी एक महिला ३ दिनदेखि बेपत्ता

बैतडीमा घरबाट दाउरा काट्न जान्छु भनी हिँडेकी एक महिला ३ दिनदेखि बेपत्ता भएकी छन् ।
मंसिर ७ गते बुधबारबाट जिल्लाको सुर्नया गाउँपालिका–५ बिष्टपालीकी २४ वर्षीया मञ्जु बिष्ट बेपत्ता भएकी हुन् ।

बुधबार दिउँसो घरबाट दाउरा काट्न जान्छु भनेकी ती महिला सोही दिनदेखि सम्पर्क विहिन रहेकी वडा अध्यक्ष केशव बिष्टले जानकारी दिए । बेपत्ता भएकै दिनदेखि ती महिलाको खोजी कार्य गर्दा पनि नभेटिएकी वडा अध्यक्ष बिष्टले बताए । बेपत्ता भएकी महिलाको बारेमा प्रहरीलाई समेत जानकारी गराइएको पारिवारिक श्रोतले जनाएको छ ।

बेपत्ता महिलाको घरमा ७ बर्षीय छोरा छ भने श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।
 

Bungal Purai
Bithadchir 2
Loading...