अझै उठेन अनेरास्ववियुका केन्द्रिय सदस्य चेतनको शव

बाजुरा–बाजुराको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको शव ६ दिन सम्म पनि आफन्तले बुझेका छैनन् । दोषिलाइ प्रक्राउ नगर्दा सम्म शव नउठाउने चेतनका बुवा गगन अयडिले वताएका छन् ।
चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै २२ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता गराएका छन् । २२ जना मध्ये २ जनालाई प्रहरीले प्रक्राउ गरि अनुसन्धान शुरु गरेको छ । चेतनका गगनले भने घटनाका मुख्य योजनाकार प्रक्राउ नपर्दा सम्म शव नबुझ्ने वताइरहेका छन् । शव अहिले अस्पताल बाजुराको शवगृहमा राखिएको छ ।
नेकपा एमाले बाजुराले पनि चेतनको हत्यारालाइ प्रक्राउ गरि दोषि माथि कार्यवाहिको माग गर्दै मंसिर ५ गते देखी बाजुरामा आन्दोलन गरिरहेको छ । मंसिर ४ गते त्रिवेणी ७ मा नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई चेतनको घरमा पुगेर साँझ कुट्पिट गरेर हत्या गरेका थिए ।
अयडि घर भित्र रहेको बेला घर भित्र बाट तानेर उनलाइृ निर्घात कुटपिट गरेको थियो । अयडिलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए । अस्पताल पुगाउने बित्तिकै अयडिको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । बयलपाटा अस्पताल बाट पोष्टमार्टम गर्नका लागि चेतनको शव अस्पताल बाजुरामा ल्याइएको थियो । चेतनको पोष्टमार्टम गरेको भएपनि शव उठन सकेको छैन् ।
त्रिबेणी ७ मा दिउसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा त्रिवेणी ७ बस्ने सञ्जिब अयडिको मृत्यु भएको थियो । सञ्जिबको मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो ।सञ्जिब अयडिको मृत्युपछि काँग्रेस कार्यकर्ताले घरघरमा गएर अनेरास्वीयुका केन्द्रिय सदस्य चेतन अयडि लगायत एमाले कार्यकर्ता माथि कुटपिट गरेको थियो ।
सुरक्षाकर्मीको गोलि लागेर मृत्यु भएका सञ्जिब अयडिको भने शुक्रवार आफन्तले शव बुझेर दासंस्कार गरिसकेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार मृत्यु भएका दुबै जनाको क्षतिपुर्तिका लागि गृहमन्त्रालयमा लेखेर पठाएको छ । दुइजनाको मृत्युपछि अहिले बाजुरा निकै अशान्त भएको छ । बाजुरामा मतगणना पनि अनिश्चित जस्तै भएको छ । मंसिर ४ गते २८ मत खसेपछि विवाद भएको बुढिनन्दा ५ मा शनिवार चुनाव भएको छ ।

Hohel Kananga
Loading...