बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्युु

Image

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्युु भएको छ ।
जिल्लाको पुर्चाैडी नगरपालिका- ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । शनिबार दिउसो ३ बजेको समयमा खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले जानकारी दिए ।
मृतक लिला खडायतका २ छोरी एक छोरा छन् । श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।
पछिल्लो समयमा बैतडीमा भिरबाट लडेर महिलाहरुको ज्यान जाने क्रम बढेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन