दार्चुलाको व्याँस गाउँपालिकाका बिष्ट हत्या प्रकरणः आफन्तले अझै शव बुझेनन्, अनुसन्धानमा ढिलाई

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका ४ मा मृत अवस्थामा भेटिएका नरसिंह विष्ट (नरेन्द्र) को शव आफन्तहरुले अझै बुझेका छैनन् । दार्चुला प्रहरीले जिल्ला अस्पताल दार्चुलामा शवको पोष्टमार्टम गरेको भएपनि हत्यारालाई कार्वाहीको दायरामा ल्याउन नसकेको भन्दै अझै आफन्तले शव बुझ्न नमानेका हुन् ।

मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मत दिन जिल्ला सदरमुकामबाट गाउँ गएका विष्टको मंसिर ४ गते राति हत्या भएको थियो । विष्टको हत्या गरेर सुनसेराको डोम खोला किनारमा शव फेला परेको थियो । मृतक बिष्ट दार्चुला सदरमुकाम खलंगामा व्यापार व्यवसाय गर्दै आउनुभएको थियो । बिष्टको शव भेटिएपछि स्थानीयले हत्यारालाई पत्ता लगाइ कडा कार्वाही गर्न प्रहरी समक्ष माग गर्दै आएका छन् ।

janahit ma jari sandesh
Masta R.M
Loading...