बाँकेमा मोटरसाइकल एक आपसमा ठाेक्किँदा दुई जनाको मृत्यु

बाँके – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा तीन ओटा मोटरसाइकल एक आपसमा ठाेक्किँदा दुई जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा वीरगञ्ज महानगरपालिका–२३, पोखरीयाटोलका ३६ वर्षका राम लोचन पटेल र पर्स मिर्जापुर–१ घर भइ जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय  बाबुलाल प्रसाद साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–०१७ प ७१८७ नम्बरको मोटरसाइकल र स ९ प १५९१ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएका पर्सा  वीरगञ्ज महानगरपालिका–२३ सबैठवा घर भएका २४ वर्षीय  सोनेलाल प्रसाद यादव, सिरहाको कर्जन्हा नगरपालिका–११ बस्ने वर्ष ५० का चन्देश्वर महतो  र महतोकै श्रीमती  ४५ वर्षीया जयन्ती कुमारी महतोको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

janahit ma jari sandesh
Masta R.M
Loading...