जयपृथ्वी एफएममा कार्यरत पत्रकार धामी माथि कुटपिट, दोषीलाई कारबाहीको माग

बझाङ ; बझाङको जिल्ला सदरमुकाम चैनपुरस्थित जयपृथ्वी एफएममा कार्यरत पत्रकार कर्ण धामीमाथि कुटपिट भएको छ । गएराति ९ बजेको समयमा श्रद्धान्जली प्रसारण गराउ भनि रेडियोको स्टुडियोमै प्रवेश गरेका सुर्मा गाउँपालिका–४ का खडक बोहराले कुटपिट गरी ज्यान मार्ने धम्की दिएका हुन् ।

आफन्तको श्रद्धाञ्जली प्रशारणका लागि भन्दै रेडियोको कार्यलय भित्रै छिरेका बोहराले मदिरा पिएरको थियो । उनेले मृतकको नाम नै ल्याएका थिएन मृतकको नाम ल्याएर आउनुहोला अनि प्रशारण गरौंला भनेर पठाउन खोज्दा पत्रकार धामी माथि अपशब्द प्रयोग गर्दै कुटपिट गरीएको जयपृथ्वी एफएमका अध्यक्ष प्रताप ओलीले बताए ।
मदिरा खाएर स्टुडियोमा पसेका बोहराले रेडियोमा प्रशारण हुने श्रद्धाञ्जलीको विषयमा कुरा गर्ने क्रममा आफूमाथि कुटपिट भएको पीडित धामीले बताए । बोहराले अपशब्द प्रयोग गर्दै चैनपुरमा बस्न नदिने र ज्यान मार्ने धम्की समेत दिएका छन ।
कार्यालयमै आएर पत्रकार माथि अपशब्द प्रयोग गर्दै कुटपिट गर्नु आपत्ती जनक रहेको भन्दै दोषीलाई यथाशिघ्र कानुनी दायरामा ल्याई कानुन वमोजिक कार्वाहीको माग गर्दै प्रेस चौतारी नेपाल बझाङ शाखा र जयपृथ्वी एफएम लागाएतका संञ्चार संस्थाहरुले विज्ञप्ती जारी गरेका छन् ।

Loading...