तारा एयरको दुर्घटनाग्रस्त जहाज जलिरहेको अवस्थामा भेटियो

बैतडी ः आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको ट्वीनटर नाइन एनएइटी जहाज भेटिएको छ। नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएको छ।
सेनाका मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएका हुन्। विमानमा अहिले पनि आगो लागिरहेको छ। बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो।

Bungal Purai
Bithadchir 2
Loading...