शहबाज चुनिए पाकिस्तानका नयाँ प्रधानमन्त्री

Image
एजेन्सी ; वप्रधानमन्त्री नवाज शरिफका भाइ ७० वर्षीय मियाँ मुहम्मद शहबाज शरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री चुनिएका छन्। उनी पाकिस्तानका २३औँ प्रधानमन्त्री हुन्।उनले पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीमा १ सय ७४ मत पाए।
उनका प्रतिस्पर्धी रहेका पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का उम्मेदवार शाह महमुद कुरेशीले कुनै मत पाएनन्। पिटिआई निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी हो।  केही दिनअघि इमरानले नयाँ चुनाव गराउन संसद भंग गरेका थिए। तर त्यहाँको सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएको थियो।शहबाज शरिफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ हुन्। उनले त्यहाँको सर्वाधिक जनसङ्ख्या भएको प्रान्त पञ्जाबको मुख्यमन्त्री पद सम्हालिसकेका छन्।
पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएलएन) को नेतृत्वमा रहेका उन‍को छवि प्रभावकारी र मेहनती व्यक्तिको छ। शहबाज सधैँ ३ पटक पाकिस्तानको प्रधानमन्त्री भएका आफ्ना दाजु नवाजको छायामा रहे। शहबाज संस्थापन अर्थात सेनासँग मेलमिलापको पक्षपाति मानिन्छन्।शहबाजमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो।
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन