सत्यराज सिंह बझाङ- प्रगतिशिल युवा समाज बझाङ र सामुदायिक विकास केन्द्र डोटीको संयुक्त आयोजना तथा वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नागरिक आवाज तथा कर्तव्य अभ्यासकर्ता तालिम सम्पन्न भएको छ । नागरिक आवाज र कर्तव्य स्थानिय स्तरमा सेवा सुधारका लागि पैरवी गर्ने एक विधी र स्थानिय स्तरमा सेवा सुधारका लागी सरोकारवालाहरुको संलग्नतामा अभिवृद्धी गरी सेवाग्राही र सेवाप्रदायक संस्थाहरुलाई आ–आफ्नो क्षेत्रमा कसरी सेवाप्रवाहमा जवाफदेही बनाउने भन्ने उदेश्यले उक्त कार्यक्रम गरिएको सामुदायिक विकास केन्द्र, डोटीका अध्यक्ष हेमराज जोशीले बताउनु भयो । वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा डोटी जिल्लाका ३० वटा तथा बझाङ जिल्लाका ३० गरी जम्मा ६० सामुदायिक विद्यालयहरुका सबै बालबालिकाहरुको समावेशी तथा गुणस्तरिय शिक्षामा समन्यायिक पहुँच अभिवृद्धी गर्ने र स्थानिय स्तरमा पैरवीको माध्यम बाट सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नका लागी समेत उक्त कार्यक्रमले सहयोग गर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन ।
नेपाल सरकारको बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ ले तय गरेका १४९ वटा सुचकहरु मध्ये प्राथमिकतामा रहेका न्युनतम सुचकहरु पुरा गर्न र सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागी स्थानिय स्तरको पैरवी समूहलाई परिचालन गर्न क्षमता विकास गर्ने उक्त कार्यक्रमको उद्देश्य रहेको प्रगतिशिल युवा समाज बझाङका कार्यक्रम अधिकृत यज्ञराज जोशीले बताउनु भयो । समावेशी तथा गुणस्तरिय शिक्षा प्राविधिक कार्यक्रम अन्र्तगत शनिबार डोटी जिल्लाको दिपायलमा ५ दिने नागरिक आवाज र कर्तव्य अभ्यासकर्ता तालिममा सामुदायिक विकास केन्द्र, डोटीका ६ जना तथा प्रगतिशिल युवा समाज, बझाङका ७ जना गरी जम्मा १३ जनाको सहभागिता रहेको उक्त तालिमको समापन सामुदायिक विकास केन्द्र, डोटीका अध्यक्ष हेमराज जोशीले गर्नु भएको थियो ।