सरस्वती  माध्यामिक बिद्यालयको  ६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

 बझाङ – बुङ्गल नगरपालिका वडा नम्बर ४  विजगडामा रहेको सरस्वती  माध्यमिक बिद्यालयको ६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घन बहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति  बुङ्गल नगरपालिकाका नगर प्रमुख  धन बहादुर बिष्ट रहनु भएको थियो ।

सरस्वती पुजाकै दिन भएको वार्षिकोत्सबमा बिभिन्न सांकृतिक कार्यक्रम, तथा बिद्यार्थिहरु लाई पुरस्कार वितरण गरी मनाइएको थियो भने लामो समय सोहि  बिद्यालयमा अध्यापन गराई अनिबार्य अवकास(सेवा निर्बित्त) हुनुभएका सोहि बिद्यालयका पूर्व प्रधानाध्यापक जनकराज जोशी लाई सम्मानका साथै बिदाइ गरीएको सोहि बिद्यालयका शिक्षक दिपक कुवंरले बताए ।वार्षिकोत्सब कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधवराज जाशीले बिद्यालयका समस्या चनौति सुधार गर्नु पर्ने पक्ष,अविभावकले ध्यान दिनु पर्ने कुराहरु र शैक्षिक वर्ष ०७७÷७८ सालको वार्षिक प्रगति प्रतिवेदन र आय व्यए बिप्रस्तुत गर्नु भएका थियो ।

कार्यक्रमकै बिच मन्तव्य राख्दै नगर प्रमुख बिष्टले सामुदायिक विद्यालयमा जिल्लाकैै उत्कृष्ट विद्यालय को परिचय बनाउनमा लाग्नु पर्ने बताए । वार्षिकोत्सबको आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद दिदै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि बुङ्गल नगरपालिका र आफू बाट गर्नसकिने सहयोगका लागि लागिपर्ने बताउनु भएको थियो ।

Bungal Purai
Bithadchir 2
Loading...