काठमाडौं प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा नेकपा पुष्पकमल दाहाल प्रचण्ड पक्षले मुद्धा दायर गरेको छ । अदालतमा मुद्धा हालिसकेपछि त्यसको छिनोफानो नहुँदासम्म पक्ष वा विपक्षमा कुनै पनि गतिविधि गर्नुहुदैन ।
कुनैपनि हालतमा संसद पुनस्थापना गरिछाड्ने प्रण लिनु भएका प्रचण्ड र माधवकुमार नेपाल पक्षले भने अदालतलाई धम्की दिन थाल्नु भएको छ । रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने दिन अदालतकै छेउमा रहेको माइतीघर मण्डलामा प्रचण्ड–नेपालसहित सो समुहका नेताहरु प्रर्दशनमा उत्रिनु भएको छ ।
प्रचण्ड, नेपाल लगायतका नेताहरूले छातीमा ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड लगाएर कार्टुन ओछ्याएर बस्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गर्न चालेको कदम संवैधानिक वा असंवैधानिक भन्ने निक्र्यौल अदालतले गर्नेछ । दुई मध्ये एक पक्षमा निर्णय आउनेछ । तर, अदालतमा मुद्धापनि दायर गर्ने र अदालतै छेउमा गएर धम्काउने काम सो पक्षले गरिरहेका ओली पक्षका नेताहरुको भनाई छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ हुँदैछ । माइतीघरको प्रदर्शनपछि प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाने तयारी गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको आधिकारिकता दाबी गर्न बहुमत केन्द्रीय सदस्यसहित उनीहरू निर्वाचन आयोग जान लागेका हुन् ।