काठमाण्डौ – नेपाली बजारमा आज सुन ताेलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन हिजो तोलाको ९५ हजार १ सय रुपैयाँ थियो । यस्तै हिजो तोलाको १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँ घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको भाउ घटबढ भैरहेको महासंघ जनाएको छ ।