जयपृथ्वी नगरपालिकाका दुई विद्यालयमा विद्युतीय हाजिरी प्रणाली जडान

Image

बझाङ । जयपृथ्वी नगरपालिका भित्रका दुई वटा माध्यमिक विद्यालयमा विद्युतीय हाजिरी प्रणाली जडान गरिएको छ। नगरपालिकाअन्तर्गतका सत्यवादी माध्यमिक विद्यालय भोपुर र जालपा माध्यमिक विद्यालय देवलमा आइतबार उक्त प्रणाली जडान गरिएको हो।

सामुदायिक विद्यालयमा शिक्षकहरूको नियमितता सुनिश्चित गर्ने र प्रशासकीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि यो प्रणाली जडान गरिएको शिक्षा शाखाका संयोजक निरजप्रसाद रेग्मीले  जानकारी दिनुभयो।

रेग्मीका  अनुसार नगरपालिकाका ४० वटा सामुदायिक विद्यालयमा क्रमिक रूपमा विद्युतीय हाजिरी प्रणाली जडान गर्ने योजना रहेको छ। पहिलो चरणमा माध्यमिक, दोस्रो चरणमा निम्न माध्यमिक र तेस्रो चरणमा प्राथमिक विद्यालयहरूमा यो प्रणाली विस्तार गरिने बताइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन