बझाङ—सुनकुडा नमुना माध्यमिक विद्यालय कक्षा ११–१२ का संयोजक मानसिंह ऐरको अध्यक्षतामा कक्षा ११ र १२ का विद्यार्थीहरूको संयुक्त भेला सम्पन्न भएको छ। भेला विद्यालयका प्रमुख–प्रशासनिक जिम्मेवार व्यक्तिहरूको उपस्थिति र सक्रिय सहभागितासहित अत्यन्तै प्रभावकारी रूपमा सम्पन्न भयो।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक मदन बम, क्याम्पस प्रमुख ललित ब. बिष्ट, सह–प्रध्यापक इन्द्र ब. बिष्ट, शिक्षक कृष्णदेव जोशी तथा स्ववियु सभापति कपिल बिष्ट ‘सरकार’ सहित अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यार्थीहरूको माग, आवश्यकता, अधिकार र चौतर्फी विकासका विषयमा गहन छलफल गरेका थिए।

भेलाले विद्यार्थी कल्याण समिति गठन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ। यो निर्णय विशेषगरी स्ववियु सभापति कपिल बिष्ट ‘सरकार’को निरन्तर पहल, सक्रियता र नेतृत्वको परिणामस्वरूप सम्भव भएको बताइन्छ। समिति गठनसँगै विद्यार्थी हित, सुविधा, सहजीकरण र क्षमता विकासका गतिविधि थप प्रभावकारी रूपमा अघि बढ्ने विश्वास गरिएको छ।
गठित विद्यार्थी कल्याण समिति
अध्यक्ष: हेमराज अवस्थी उपाध्यक्ष: महेश ढाँट उपाध्यक्ष: पार्वती ढाँट सचिव: ललित बोहरा सह–सचिव: सुसिला बिष्ट कोषाध्यक्ष: रन्जना रावल सदस्यहरुमा , निशा रावल, कुशुम अवस्थी, सुर्जा ढाँट, अनिता बोहरा ,प्रकाश बिष्ट ,योगेन्द्र धामी, आरती जोशी, जिवन बोहरा र देवकी ऐर रहेका छन
समितिले आगामी दिन मा विद्यार्थीको समग्र विकासमा टेवा पुर्याउने कार्यक्रममा सक्रिय रूपमा काम गर्ने अपेक्षा गरिएको छ। विद्यार्थीमैत्री वातावरण, सहजीकरण, समस्या समाधान र नेतृत्व विकासमा पनि यसले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
























