बझाङमा भालुको आक्रमणबाट १ जना युवक घाइते

Image

बझाङमा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन् । सुर्मा गाउँपालिका–२ गजौनका २७ वर्षीय बिक्रम रोकाया आज दिउँसो भालुको आक्रमणबाट घाइते भएका हुन्। जंगलमा बाख्रा चराउने क्रममा ‘सम्राल’ वनक्षेत्रमा आज दिउँसो करिब १ बजेतिर अचानक भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

आक्रमणबाट रोकायाको टाउको, अनुहार, हातलगायत शरीरका विभिन्न भागमा गम्भीर घाउ परेको छ। उनले तत्कालै प्रतिकारस्वरूप लात्ताले प्रहार गर्दा भालु भागेको प्रहरीले बताएको छ।

घाइते रोकायाको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल बझाङमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ। आक्रमणपछि रोकाया एक्लै करिब एक घण्टा हिँडेर घर फर्किएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन