जयपृथ्वी नगरपालिकामा हातेमालो परियोजना परिचयात्मक कार्यशाला सम्पन्न

Image

बझाङ – जयपृथ्वी नगरपालिकामा दलित सहयोग समाज, प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित बाल समृद्धि र एकीकृत विकास कार्यक्रमअन्तर्गतको हातेमालो परियोजना परिचयात्मक कार्यशाला सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता दलित सहयोग समाजकी उपाध्यक्ष शारदा नेपालीले गर्नुभयो। प्रमुख अतिथि रूपमा जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल उपस्थित रहनु भयो। विशिष्ट अतिथि उपमेयर रतन बहादुर सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत नैंन बहादुर सिंह, तथा वडा अध्यक्षहरूका साथै वर्ल्ड भिजन इन्टरनेसनल नेपालका वेस्ट अफिस फिल्ड अपरेशनल म्यानेजर चेतराज भट्टराई, जिल्ला संयोजक मनुका मल्ल, प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लव राज जोशी, कार्यक्रम व्यवस्थापक यज्ञ राज जोशी, दलित सहयोग समाजका कार्यक्रम संयोजक रमेश बहादुर माली, विभिन्न विषयगत शाखा प्रमुख, शिक्षक, बाल क्लबका सदस्य तथा दुवै संस्थाका कर्मचारीहरूको उपस्थिति उल्लेखनीय थियो।

कार्यक्रम सञ्चालन शिव रोकायाले गर्नुभएको थियो। स्वागत तथा उद्देश्य प्रकट लव राज जोशीले गर्नुभएको थियो। उहाँले पाँच वर्षीय रणनीतिक चक्र समापनसँगै आगामी पाँच वर्षीय रणनीतिक चक्रको सुरुवात, कार्यक्रमका लक्ष्य तथा गतिविधिबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रमको मुख्य प्रस्तुति जिल्ला संयोजक मनेका मल्ल, कार्यक्रम संयोजक रमेश बहादुर माली, र प्रगतिशील युवा समाजका यज्ञ राज जोशीले गर्दै २०२१–२०२५ का उपलब्धि तथा २०२६–२०३० का आगामी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो।

अन्त्यतिर आफ्नो मन्तव्य व्यक्त गर्दै मेयर चेत राज बज्यालले तीनवटै संस्थाप्रति आभार प्रकट गर्दै कृषि, जीविकोपार्जन र शिक्षाका क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो। साथै संस्थाहरूले गरेका कार्य प्रभावकारी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गर्दै शुभकामना दिनुभयो।

समापन मन्तव्यका क्रममा अध्यक्ष शारदा नेपालीले सहभागीहरूको सल्लाह–सुझावप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन