संस्थापक राम बोहरा श्रीराम द्वारा जन्मदिनको अवसरमा हरिश्चन्द्र आधारभुत बिद्यालयमा अक्षय कोष स्थापना ‎ 

Image

बझाङ , बाइसधारा युवा समाजका संस्थापक राम बोहरा (श्री राम) ले आफ्नो जन्मदिनको अवसरमा विद्यालय हितका लागि अक्षय कोष स्थापना गर्नुभएको छ।

उहाँले आफैंले अक्षर आरम्भ गर्नुभएको श्री हरिश्चन्द्र आधारभूत विद्यालय, बुङ्गल–१ गोइचनमा, आज पर्न आएको जन्मदिनको अवसरमा विद्यालयका प्रधानाध्यापक राम ब. बोहरा र बिद्यालय व्यवस्थापन समिति (बिव्यस) अध्यक्ष प्रेम ब. बोहरा लाई नगद रु ५ हजार ५५ हस्तान्तरण गर्दै उक्त कोष स्थापना गर्नुभएको हो।

बोहराले अक्षर आरम्भदेखि कक्षा ५ सम्म अध्ययन गर्नुभएको उक्त विद्यालयका गरिब, जेहेन्दार तथा आमा–बुवा नभएका विद्यार्थीहरूलाई विद्यालय पोशाक, शैक्षिक सामग्री, र विद्यालयका शैक्षिक गतिविधि सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त कोषकाे स्थापना गर्नुभएको बताइएको छ।

उहाँका अनुसार, अहिले जन्मदिन, एनिभर्सरी लगायतका कार्यक्रममा फजुल खर्च गर्ने परिपाटी बढ्दो अवस्थामा रहेकोले, त्यस्तो खर्च सही ठाउँमा लगाएर समाजका हितमा काम गर्न सकिन्छ भन्ने सन्देश दिन चाहनुभएको हो।

त्यसैगरी, उहाँले उक्त विद्यालयमा अध्ययन गरेर रोजगारीका सिलसिलामा देश–विदेशमा रहेका संपूर्ण बुद्धिजीवी, शिक्षाप्रेमी तथा युवा सहयोगी मनहरूलाई पनि उक्त कोषमा जोडिन अनुरोध गर्नुभएको छ।

हरिश्चन्द्र आधारभूत विद्यालयको देउसि–भैलो समापन कार्यक्रमसँगै, आज भाइटीकाको दिनमा पर्न आएको जन्मदिनको अवसरमा उहाँले यो प्रेरणादायी कार्य आरम्भ गर्नुभएको हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन