चाडपर्वलाई मध्यनजर गर्दै दुर्गाथलीका बजारमा अनुगमन, म्याद नाघेका सामाग्री नष्ट

Image

बझाङ ।  तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै दुर्गाथली गाउँपालिकाले उपभोक्ताको स्वास्थ्य र बजार सुव्यवस्था सुनिश्चित गर्न गाउँपालिका क्षेत्रभित्रका मुख्य बजार तथा किराना पसलहरुमा अनुगमन गरेको छ।

गाउँपालिकाको क्षेत्राधिकारभित्र पर्ने मौरीबगर, झनाना, भ्वागडा, चौधरी, देउलेख लगायतका अन्य गाउँ तथा स-साना किराना पसलहरूमा गरिएको अनुगमनका क्रममा म्याद नाघेका दैनिक उपभोग्य खाद्यसामग्री फेला परेका थिए।

अनुगमन टोलीले करिब ३० हजार बराबरका म्याद नाघेका खुद्रा उपभोग्य सामान बरामत गरी नष्ट गरेको दुर्गाथली गाउँपालिकाका उद्यम विकास सहजकर्ता रबिन्द्र बहादुर जेठाराले जानकारी दिनुभयो।

दुर्गाथली गाउँपालिकाको आयोजनामा अनुगमन सञ्चालन गरिएको थियो।संयुक्त अनुगमन टोलीमा संयोजक बम बहादुर भण्डारी, जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ उद्यम विकास सहजकर्ता दशरथ जप्रेल,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,दुर्गाथली गाउँपालिकाको प्रशासन शाखा प्रमुख नवीन ब. सिँह, दुर्गाथली इ.प्र.का प्रतिनिधि,दुर्गाथली गाउँपालिकाका उद्यम विकास सहजकर्ता रबिन्द्र बहादुर जेठारा लगाएको सहभागीता रहेको थियोे ।

जेठाराका अनुसार अनुगमनको उद्देश्य चाडपर्व समयमा उपभोक्तालाई स्वस्थ, गुणस्तरीय र सुरक्षित खाद्यसामग्री उपलब्ध गराउनु, म्याद नाघेका वस्तु बिक्री रोक्नु र बजारलाई व्यवस्थित गर्नु रहेको छ।गाउँपालिकाले आगामी दिनमा पनि निरन्तर बजार अनुगमन जारी रहने जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन