बझाङमा जबरजस्ती करणी गरेकाे आराेपमा एक जना पक्राउ

Image

बझाङमा जबरजस्ती करणीको एक घटना बाहिर आएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित प्रकाश बोहराको घरमा यही असोज २६ गते राति ८ बजे तलकोट गाउँपालिका–२ ढुङगाना गाउँ बस्ने २० वर्षीय राजेश ऐडीले मष्टा गाउँपालिका–२ बस्ने १४ वर्षीया एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पिडित किशोरीका दाइले असोज २९ गते वेलुका ४:५० बजे जाहेरी दर्ता गराएपछि प्रहरी नायब निरीक्षक अशोक खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ । पिडित किशोरीलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल बझाङ पठाइएको र आरोपी राजेश ऐडीलाई सदरमुकाम चैनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई अदालतबाट म्याद थप गरि हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन