बुंगल नगरपालिकामा जारी वडास्तरिय भलिवल प्रतियोगितामा आज सात वटा खेल सम्पन्न भएका छन । वडा नं ४ र ५ को संयुक्त आयोजनामा बुधबारबाट विजगडामा सुरु भएको खेलमा १८ टिमको सहभागिता रहेको छ । बुधबार तीन वटा खेल सम्पन्न भएका थिए ।
आज भएको पहिलो खेलमा वडा नं ७ लाई वडा नं ९ ए टीम ले २–० को सेटमा पारजित गरेको छ । त्यस्तै दोस्रो खेलमा केदार युवा क्लव खोल्लेकलाई २–० ले पराजित गर्दै वडा नं २ विजयी भएको छ । तेस्रो खेलमा वडा नं १० लाई २–० को सेटमा पराजित गर्दै वडा नं १ विजयी भएको छ ।
चौथो खेलमा वडा नं ९ को वी टिमलाई २–० सेटमा पराजित गर्दै र वडा नं ११ विजयी भएको छ । पाँचौ खेलमा वडा नं ५ को वी लाई पराजित गर्दै वडा नं ४ को ए टीम विजयी भएको छ । छैठै खेलमा वडा नं ११ लाई पराजित गर्दै वडा नं ५ को ए टीम विजयी भएको छ । सातौ खेलमा वडा नं १ र २ विच भएको खेलमा २–१ सेटले वडा नं २ विजयी भएको छ ।
























