केदारस्युँ गाउँपालिकामा स्वास्थ्यसम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

Image

बझाङ – केदारस्युँ गाउँपालिकामा स्वास्थ्यसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (UNFPA) र पीस विन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

स्वास्थ्य शाखा प्रमुख अम्मराज बिष्टका अनुसार कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूसँग जीवन सुरक्षा, पाठेघरको मुखको क्यान्सर, मानव अधिकारमा आधारित परिवार योजना तथा यससँग सम्बन्धित मूल्य–मान्यता स्पष्टिकरण र व्यवहार रुपान्तरणबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

गाउँपालिकाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै सहभागी स्वयंसेविका, साझेदार संस्था र सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ। साथै, आगामी दिनहरूमा पनि यस्ता उपयोगी स्वास्थ्यसम्बन्धी गतिविधिलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्