केदारस्युँ गाउँपालिका १ देउरा बजारमा डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान सञ्चालन गरिएकाे छ । श्रावण महिनालाई डेंगु सचेतना महिनाका रूपमा मनाउने रणनीति अनुरूप केदारस्युँ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा देउरा बजारमा सरसफाइ तथा लामखुट्टे नष्ट गर्ने विशेष अभियान सञ्चालन गरिएको छ।

देउरा बजार व्यवस्थापन समिति, रायल प्राथमिक स्वास्थ्य केन्द्रको स्वास्थ्य टोली, गाउँपालिका कर्मचारी टोलि, वडा नम्बर १ का वडा अध्यक्ष लगायत स्थानीय व्यापारीहरूको सक्रिय सहभागितामा बजार क्षेत्र वरपर रहेका लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गरिएको हो। साथै, बजार क्षेत्रलाई सरसफाइ गरेर सफा, स्वस्थ र रोगमुक्त बनाउने उद्देश्यले अभियान अघि बढाइएको हो ।
स्वास्थ्य शाखा प्रमुख अम्मराज बिष्टका अनुसार लामखुट्टेबाट सर्ने डेंगु रोगको जोखिमलाई न्यूनीकरण गर्न जनसहभागिता र सरसफाइ अपरिहार्य रहेकोले यस्तो अभियान निरन्तर गरिने जनाएको छ।
























