शनिबार राति आएकाे अविरल बर्षाले बुंगल नगरपालिका -७ का विभिन्न ठाउँमा ठुलाे क्षति

Image

बझाङ — शनिबार राति परेको अविरल वर्षासँगै आएको बाढीले बझाङको बुंगल नगरपालिका–७ मा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण स्थानीय पूर्वाधार, घरजग्गा र कृषिक्षेत्रमा व्यापक असर परेको हो।

स्थानीयवासीहरूका अनुसार कल्भर्ट, पुल, सिँचाइ कुलाे, खानेपानीका मुहानहरू, धान रोपिएको खेतबारी तथा मकै बालीमा ठूलो क्षति पुगेको छ।

स्थानीय बिरेन्द्र बोहराका अनुसार चिल्ठास्थित गल्लेक खानेपानी मुहान, चिल्ठा खानेपानी योजना, खोचेथुम खानेपानी योजना, चिल्ठा सिँचाइ कुलो, बाहुन गाउँका बिर्खे जोशीको खेत र वडा अध्यक्ष टंकप्रसाद जोशीको पसलमा पुर्मचुली कैलाराउतर्फबाट आएको बाढीले क्षति पुर्‍याएको हो।

दुर्गा आधारभूत विद्यालय चिल्ठाका प.अ नरबहादुर धामीका अनुसार क्षति भएकाे ठाउँकाे  विस्तृत विवरण संकलन गर्ने कार्य अझै जारी छ। स्थानीय हरजित ठगुन्नाले धेरै घरजग्गा बाढीको उच्च जोखिममा रहेको र मकैबाली लगायतका बाली नष्ट गरेकाे हुदा किसानहरू थप समस्यामा परेका छन्
त्यस्तै
इलाका प्रहरी कार्यालय झापाका प्रहरी नाएक निरीक्षक विरसिंह ठगुन्नाका अनुसार घट्टे खोलामा आएको बाढीले पाँचवटा पुल बगाएको छ, जसमा एक आरसिसी पुल र चारवटा काठेपुल रहेका छन्। साथै, स्थानीय दले कामीको घर पूर्ण रूपमा क्षति भएको छ भने दिला कामीलगायत चारवटा घर पहिरोको उच्च जोखिममा छन्।

“पहिरो अझै नरोकिएकाले थप क्षतिको सम्भावना छ,” निरीक्षक ठगुन्नाका अनुसार  हालसम्म मानवीय वा पशुचौपायामा भने क्षति  भएकाे छैन । इलाका प्रहरी कार्यलय झापाकाे टाेलिले  बाढिपहिराेकाे  विवरण संकलन गरिरहेकाे छ ।

प्रतिक्रिया जनाउनुहाेस्