बझाङको बुङगल नगरपालिकाको वडा नं. ६, खौलाधार बजार नजिक अटो दुर्घटना भएको छ। आज दिउँसो करिब ३ः४५ बजेतिर बिजगडाबाट झापातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश–०१–००१ ह ६५९३ नम्बरको अटो अनियन्त्रित भई सडकको ओरालो खण्डमा नालीमा पल्टिँदा दुर्घटना भएको अस्थायी प्रहरी पोष्ट विजगडाका प्रहरी सहायक निरीक्षक (असई) कृष्ण भट्टले जानकारी दिनुभयो।
चालक शंकरबहादुर बोहरा रहेका उक्त अटो दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि सवारीसाधनमा भने व्यापक क्षति पुगेको छ। दुर्घटनामा अटोको सिसा, साइड लाइट, झ्यालका गिलासहरू फुट्नुका साथै छतसमेत क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि उद्धारका लागि अस्थायी प्रहरी पोष्ट विजगडाबाट प्रहरी सहायक हवल्दार सुरेशसिंह साउँदको कमान्डमा दुई जना प्रहरीको टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रतिक्रिया जनाउनुहाेस्
























