“हरियो वन, स्वच्छ जीवन” नारासहित खोल्लेकमा वृक्षारोपण कार्यक्रम सम्पन्न

Image

बझाङको बुङ्गल नगरपालिका–३ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मिनी खप्तड, खोल्लेकमा वृक्षारोपण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।

“हरियो वन, स्वच्छ जीवन” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रम त्रिवेणी आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, स्ववियुको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख डम्मर बहादुर कार्की, वडा अध्यक्ष, स्ववियु सभापति चन्द्र बोहरा, पत्रकार ध्रुव बहादुर बिष्ट, समाजसेवी धन्सरा बोहरा, प्रहरी कृष्ण प्रसाद भट्टलगायत विशिष्ट अतिथिहरूले संयुक्त रूपमा गर्नुभयो।

वृक्षारोपण कार्यक्रममा क्याम्पसका सम्पूर्ण शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि, वन कार्यालय प्रमुख, सुरक्षा निकाय तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन स्ववियुकी कोषाध्यक्ष पार्वती जोशी, सदस्यहरू निलम सिंह, हरिना बोहरा, कमला बोहरा, धन्सरा ठगुन्ना र मेनुका जोशीले विशेष भूमिका निर्वाह गरेका थिए।

कार्यक्रमका प्रमुख उद्देश्यहरूमा धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन, प्राकृतिक विपद् न्यूनीकरण, पशुपन्छी तथा जैविक विविधताको संरक्षण, वातावरणीय सौन्दर्यको प्रवर्द्धन तथा सामाजिक चेतनामूलक सन्देशको प्रवाह रहेको स्ववियुले जनाएको छ।

उक्त वृक्षारोपण कार्यक्रमले खोल्लेक क्षेत्रको हरियाली संरक्षण मात्र नभई, मिनी खप्तड को धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व उजागर गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन