बझाङ — केदारस्यु गाउँपालिका वडा नम्बर १ स्थित पथुडा बस्ती जोगाउनका लागि निर्माणाधीन RCC तटबन्धको काम तीव्र गतिमा अघि बढाइएको छ।
वर्खायाम सुरु हुनुअघि नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित पालिका अध्यक्ष गणेश बोहरा स्वयं फिल्डमै खटिनु भएको छ। उहाँ मजदुरहरूसँग प्रत्यक्ष संवाद गर्दै काममा सघाउँदै हौसला प्रदान गरिरहनुभएको छ।
अध्यक्ष बोहराका अनुसार ढिलो सुरु भएको कामलाई तोकिएको समयमै सम्पन्न गर्न सबै पक्ष एकजुट भएर लागेको उल्लेख गर्दै वर्खामा नदीको बहाव बढ्ने भएकाले ढिलाइ भएमा थप क्षति हुने सम्भावना भएकाले समयमै निर्माण सम्पन्न गर्न स्वयं पालिका नेतृत्व अग्रसर भएको जानकारी दिनुभयो।
तटबन्ध निर्माणपछि पथुडा बस्तीलाई डुबान तथा बाढीजन्य जोखिमबाट जोगाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्

























