बझाङ – बित्थडचिर गाउँपालिका वडा नं. ८ मा फोहोर व्यवस्थापन र जलवायु न्यूनीकरणका लागि सडक बहस सम्पन्न भएकाे छ ।जेठ १ गते वडा नं. ८, धरान बजारमा Voice to Vision: A Policy Dialogue with Local Leader” अन्तर्गत सडक बहस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे हाे ।
कार्यक्रम Green Growth from Trash to Tree अभियान अन्तर्गत, Pariwartak (The Changemaker) परियोजना IFRC (International Federation of Red Cross) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित छ भने बित्थडचिर गाउँपालिका वडा नं. ८ कार्यालयको समन्वयमा उक्त कार्यक्रम गरिएको हो।कार्यक्रममा वडा अध्यक्ष सुशील अधिकारी वक्ताका रूपमा सहभागी हुनुभएकाे थियाे भने बहसको सहजकर्ता स्वतन्त्र विद्यार्थी युनियन सुनकुडा क्याम्पसका अध्यक्ष कपिल बिष्टले गर्नुभएकाे थियाे ।

उक्त बहसमा फोहोर व्यवस्थापनको वर्तमान अवस्था, आगामी योजना, जलवायु संकटसँग जुध्ने स्थानीय प्रयास, र युवाहरूको भूमिकाबारे गहिरो छलफल भएकाे थियाे ।

शिक्षक, कर्मचारी, बुद्धिजीवी, स्थानीय युवा, महिला समूहका प्रतिनिधि लगायतको सक्रिय सहभागिता रहेको कार्यक्रममा, अध्यक्ष सुशील अधिकारीले फोहोर व्यवस्थापन र जलवायु न्यूनीकरण सम्बन्धी विषयलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेट्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले अगाडि थप्दै भन्नुभयो, अब युवाहरूले विशेषगरी यस्तो सामाजिक र वातावरणीय सवालमा सशक्त ढंगले लाग्न आवश्यक छ।यस अभियानमार्फत बिस्तारै स्थानीय स्तरमै नीति संवाद र वातावरणीय सचेतना फैलाउने अभियान अघि बढ्ने विश्वास गरिएको छ।
























