बझाङ, सुनकुडा – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सुनकुडा क्याम्पस, बझाङले ज्ञान, सिर्जना तथा अनुसन्धान प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्ववियु ज्ञान-सिर्जना अभियान’ शुभारम्भ गरेको छ।
स्ववियु अध्यक्ष कपिल बिष्टका अनुसार, यस अभियान अन्तर्गत विद्यार्थी, शिक्षक, प्राध्यापक तथा सरोकारवालाहरूका लेख, विचार, अनुसन्धान, साहित्य, र ज्ञानमूलक सामग्री संकलन गरी स्ववियुको आधिकारिक सामाजिक सञ्जालमार्फत प्रकाशित गरिनेछ। अभियानले शिक्षा, समाज, विज्ञान, प्रविधि, राजनीति, वातावरण, नीति निर्माण, नेतृत्व, युवा सशक्तीकरण, अनुसन्धान तथा सिर्जनात्मक साहित्यलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
सहभागिताका लागि के पठाउन सकिन्छ?
यस अभियानमा लेख तथा विचारमूलक सामग्री ,अनुसन्धानात्मक लेख,कविता, गजल, मुक्तक, कथा, निबन्ध, संस्मरण,ज्ञानमूलक तथा सिर्जनात्मक रचनाहरू निम्न सामग्रीहरू पठाउन सकिन्छ ।
सहभागीहरूले आफ्ना सिर्जनाहरू
ईमेल: [email protected]
WhatsApp: 9748220596
फेसबुक पृष्ठ: स्वतन्त्र विद्यार्थी युनियन – सुनकुडा क्याम्पस, बझाङ मा निम्न माध्यमबाट पठाउन सक्ने छन ।
स्ववियु अध्यक्ष कपिल बिष्टले ‘स्ववियु ज्ञान-सिर्जना अभियान’ सम्पूर्ण विद्यार्थी तथा शैक्षिक समुदायका लागि सिर्जनशीलता तथा ज्ञान आदान-प्रदान गर्ने महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरेका छन्।